
सुदूरपश्चिम, २ फागुन । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त भएका छन् ।
आयोगको सदस्यमा नेपाली कांग्रेसबाट धनगढी उपमहानगपालिकाका नृपबहादुर सुनार र नेकपा (एमाले)बाट पुर्चौडी नगरपालिका–५ बैतडीका कर्णबहादुर कुवँर आज नियुक्त भएका हुन् ।
नवनियुक्त सदस्यहरुलाई आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोगका उपाध्यक्ष डा. जीवन रानाले पद तथा गोपनीयताका शपथग्रहण गराएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले गरेको निर्णयानुसार आयोगको सदस्यमा उनीहरूलाई नियुक्त गरिएको खनालले बताए ।
गत पुसमा प्रदेश सरकारले आयोगको उपाध्यक्षमा धनगढी उपमहानगरपालिका निवासी डा. राना र सदस्यमा कञ्चनपुर भीमदत्त नगरपालिकाका डा. हीरा चन्द र डडेलधुरा गन्यापधुरा गाउँपालिकाका शेरबहादुर भण्डारीलाई नियुक्त गरेको थियो ।








प्रतिक्रिया