३१ जेष्ठ २०८३, आइतबार

वेश्यावृत्तिमा लगाएको आरोपमा वीरगञ्जबाट २ जना पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २ फागुन । वीरगञ्जका होटलमा महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का ४५ वर्षीय गिनिलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ का ४० वर्षीय प्रकाश साह रहेका छन् ।

दुवै जनालाई वीरगञ्ज महानगरपालिका–१५ का दुई होटलबाट बिहीबार दिउँसो ३ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनीहरूले वीरगञ्जका होटलहरूमा राम्रो आम्दानी हुने भन्दै प्रलोभनमा पारेर ग्राहकहरूसँग शारीरिक सम्पर्कमा संलग्न गराएको लम्सालले बताए ।

होटलहरूमा चेकजाँच गर्न पुगेको प्रहरी टोलीले होटल स्मार्टबाट दुई र न्यू शान्ति सैनिक होटलबाट दुई जना महिलालाई उद्धार गरेको छ ।

पक्राउ परेकालाई शुक्रबार प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।