३१ असार २०८३, बुधबार

नेपाल र चीनको युवा टोलीबीचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन ।  नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच भोलि (शनिबार) काठमाडौंमा हुने मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो युवा टोली हुनुहुन्छ । युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहनेछ भने खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।