२१ जेष्ठ २०८३, बिहिबार

बारामा एमालेको वडा केन्द्रीत ३ महिने अभियान सुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, २ फागुन । नेकपा एमाले बाराको आयोजनामा वडा केन्द्रीत तीन महिने अभियानसम्बन्धी अभिमुखिकरण कार्यक्रम कलैयामा आजदेखि सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरेका थिए । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली, प्रदेश कमिटी अध्यक्ष चण्डेश्वर मण्डल, उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपमहासचिव ज्ञवाली र केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेलले प्रशिक्षण दिनेछन् ।

एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव अमृत बजगाईंले गरेका थिए भने स्वागत उपाध्यक्ष भुलन चौधरीले गरेका थिए ।