३ श्रावण २०८३, आइतबार

बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, ५ वर्षपछि पक्राउ

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका–२ का सन्तोष साह रहेका छन् ।

साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका–२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए । भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसयता सन्तोष फरार रहेका थिए ।

खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो । बिहेपछि दुबै जनाबीच पटक–पटक विवाद हुँदै आएको थियो ।

जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यानमुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।