७ असार २०८३, आइतबार

कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका थप एक जनाको मृत्यु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । शुक्रबार घाइते थप एक जनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठ जनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।

गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीन जना सामान्य घाइते भएका थिए । दुई जनाको यसअघि नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरु मःमः पसलकै कामदार हुन् ।