१२ असार २०८३, शुक्रबार

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् ।

इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहान ११ः४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

चितवन प्रहरीका अनुसार चालक भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन् । भीरमा प्रहरीले पर्स फेला पारेको थियो । फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन् ।

उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए ।