२१ जेष्ठ २०८३, बिहिबार

कपुरबोटमा जरा अभियानमा उत्साह, एमालेको विचार, नीति र संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २ फागुन । नेकपा (एमाले)को तीन महिने जरा अभियानअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा भेला तथा बैठक सम्पन्न भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष भीमबहादुर सेन, प्रदेश कमिटी सदस्य घनश्याम शर्मासहित जिल्लास्तर र पालिकास्तरका नेताहरुको सहभागितामा कार्यक्रमहरु सम्पन्न भएका हुन् । साथै, विभिन्न टोल भेला पनि तय भएका छन् । कतिपय वडाहरुको टोल भेला समेत सम्पन्न भइसकेको एमाले कपुरकोट गाउँपालिका कमिटीका अध्यक्ष मधुसुदन गिरीले जानकारी दिए । स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत कपुरकोटका सबै वडामा विभिन्न कार्यक्रम गरिएको उनले जनाए ।

वडास्तरका भेलाहरूमा संगठन सुदृढीकरण, आगामी निर्वाचन तयारी, जनसंगठन विस्तार र पार्टी नीति तथा कार्यक्रमको प्रवर्द्धनका विषयमा छलफल गरिएको एमाले कपुरकोटका सचिव रुपक बुढाले जनाए ।

गत माघ २० गते गाउँपालिका कमिटीको पूर्ण बैठक बसेर एमाले कपुरकोटले अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने निर्णय गरेको थियो । यस अनुरुप माघ २३ मा वडा नम्बर १ को भेला, २४ गते वडा नं ४ को भेला, २६ गते वडा नं ३ को भेला, २८ गते वडा नं ५ को भेला, २९ गते वडा नं ६ को भेला र ३० गते वडा नं २ को भेला सम्पन्न भएको बुढाले जानकारी दिए ।

कपुरकोटसहित अन्य पालिकाहरुमा पनि अभियान चलिरहेको एमाले सल्यानले जनाएको छ । एमालेको नेतृत्वमा भएका राम्रा कामहरू नागरिकसमक्ष पुर्‍याउने र नागरिकहरुको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न अभियानले टेवा पुर्‍याउने एमालेको विश्वास छ ।

एमाले सल्यानले पछिल्लो समय जरा अभियानलाई व्यापक रूपमा अघि बढाइरहेको छ । हाल सम्म सम्पन्न स्थानीय स्तरका भेलाहरूले कार्यकर्तालाई उर्जा प्रदान गरेको सहभागिहरूले बताएका छन् । विभिन्न वडास्तरीय भेलाहरूमा नागरिकको अपेक्षा, स्थानीय विकास र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरिएको भन्दै एमाले सल्यानका अध्यक्ष सेनले जरा अभियानले एमालेलाई संगठनात्मक रूपमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

एमाले राजनीतिक दल मात्र नभएर विकास, समृद्धि र स्थायित्वको आधार भएको भन्दै जिल्ला उपाध्यक्ष ओजबहादुर बुढाथोकीले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको जनाए । निष्ठावान कार्यकर्ता परिचालन, नयाँ सदस्यता वितरण र मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले कार्यकर्ताहरू र अन्य स्थानीयहरुले समेत अभियानप्रति उत्साह देखाएको र एमालेको लोकप्रियता बढ्दै गएको जनाए । अभियानमा सहभागिहरूले पार्टीलाई स्थानीय तहसम्म व्यवस्थित बनाउन यसप्रकारको नयाँ कार्यक्रमले मद्दत पुर्‍याएको भन्दै एमालेको विचार, नीति र संगठनलाई थप सशक्त बनाउँदै अघि बढ्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

कपुरकोट गाउँपालिकाको जरा अभियानमा एमाले सल्यान जिल्ला कमिटी सचिवालय सदस्य तथा सल्यान निर्वाचन क्षेत्र ख का संयोजक ओमबहादुर बुढा, जिल्ला कमिटी सदस्यहरु भिमा बुढाथोकी, मित्रलाल कठायत, ललिता गिरी र रुपलाल बुढाथोकीलगायत पालिका कमिटी, वडा कमिटीका पदाधिकारी एवम् सदस्यहरु खटिएका छन् ।