१० असार २०८३, बुधबार

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पछिल्लो समय युवा पुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो विशेष गरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको ‘पर्व’ हो ।

विशेष गरी सामाजिक सञ्जालको कारणले गर्दा यो दिवस नेपालमा पनि चर्चित हुँदै गएको छ । किंवदन्ती हेर्दा एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए । त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’ मनाइन्छ ।’

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको हो ।