१९ असार २०८३, शुक्रबार

सुनको भाउ एकैदिन २ हजार ३ सय रुपैयाँले बढ्यो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।