४ श्रावण २०८३, सोमबार

हिउँ नहेरी फर्कन्छन् शैलुङ जाने पर्यटक (तस्वीरहरु)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १ फागुन । प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ । धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ । ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ ।

दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ । यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ । साथै, ७० प्रतिशत हिमालहरु यहाँबाट देखिन्छन् । तर अहिले पछिल्लो समय हिमालहरुमा हिउँहरु छैन । समयमा हिमपात नहुँदा सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका छन् । गौरीशङ्कर हिमालमा पनि हिउँ नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको संख्या न्यून छ ।