
पोखरा, १ फागुन । पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।
कुश्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो । कुश्मा १४ बगालथोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, कसैले वन जंगलमा आगलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा पैसा नलाग्ने फोन १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।









प्रतिक्रिया