२८ जेष्ठ २०८३, बिहिबार

प्रेस चौतारी नेपाल नवलपुरको अध्यक्षमा तीर्थराज डुम्रे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । प्रेस चौतारी नेपाल नवलपुर शाखा सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले तीर्थराज डुम्रेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा खगेन्द्र पराजुली र ज्ञानुमाया पङ्गेनी सर्वसम्मत  निर्वाचित भएका छन् । सचिवमा राजु चापागाईँ, कोषाध्यक्षमा साहित्य न्यौपाने तथा सहसचिवमा लोकनाथ पङ्गेनी र खेमनारायण महतो निर्वाचित भएका छन् । सदस्यहरूमा प्रकाश रेग्मी, किरण गोतामे, युवराज खनाल र उत्सव बस्याल चुनिएका छन् ।

यसैगरी, केन्द्रीय परिषद् सदस्यहरूमा बिना न्यौपाने, लालकुमार भट्टराई र बुद्धिसागर पोखरेल चुनिएका छन् । प्रदेश परिषद् सदस्यमा सुरक्षा कँडेल, राम सुनार र डा. नरनाथ पाण्डे चयन भएका छन् ।

अधिवेशन समुद्घाटन समारोहमा कृष्ण गिरी विकास पत्रकारिता पुरस्कारबाट टेकराज पोखरेल र स्व. कूलप्रसाद पङ्गेनी–स्व. कुन्तादेवी पङ्गेनी, स्व. कुविजा खोज पत्रकारिता पुरस्कारबाट आश गुरुङ सम्मानित भएका छन् ।