१४ असार २०८३, आइतबार

रुकुम पूर्वमा दुई जनाको हत्या, आरोपीको पनि शव फेला

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पूर्व, ३० माघ । भूमे गाउँपालिका–४ साकिममा दुई जनाको हत्या भएको छ । हत्या अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

साकिमका अन्दाजी ५१ वर्षी चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाटी बुढा र निजका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको प्रहरीले जनाएको हो । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।