१ असार २०८३, सोमबार

चितुवाको छालासहित एक जना पक्राउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३० माघ । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक गेष्टहाउसबाट चितुवाको छालासहित एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका नरेश साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार धनगढीको बसपार्कस्थित मिलनसार गेष्टहाउसमा बसिरहेको अवस्थामा साउदबाट झोलाभित्र लुकाइछिपाइ राखेको आठ फिट दुई इञ्च लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको हो ।

साउदलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।