२८ असार २०८३, आइतबार

रौतहटमा ट्रक र स्कार्पियो ठोक्किँदा ५ जना गम्भीर घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २९ माघ। पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुरमा आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोक्किँदा स्कार्पियोका चालकसहित सवार ५ जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान ८ः२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुलस्थित चपुरबाट सर्लाहीतर्फ जाँदै गरेको ना.४ च. ३६९४ नम्बरको स्कार्पियो र विपरित दिसाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख.५७२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो ।

ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदिपकुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ । दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात, दाहिने आँखी भौंमा चोट लागेको छ ।

चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताएका छन् ।

त्यसैगरी, बौधीमाई २ का वर्ष १८ को प्रदिप कुशवाहाको निधार, कानमा चोट लागेको र अवस्था मध्यम रहेको छ । बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को सन्तोष कुशवाहाको टाउको, चिउडोमा चोट लागेको र अवस्था सिरियस रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन् ।

घाइतेहरुलाई उपचारको लागि चन्द्रपुर प्रालि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन् ।

दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरी नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन् ।