२२ जेष्ठ २०८३, शुक्रबार

पत्रकार महासंघ बझाङका अध्यक्ष सिंहमाथि चक्कु प्रहार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, २९ माघ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंहमाथि गएराति चक्कु प्रहार भएको छ ।

गएराति साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ ।

घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ । उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ ।

बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न विनोद कठायत, शितल कठायत र नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।