२२ असार २०८३, सोमबार

तीन संसदीय समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । संघीय संसद्का तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार आजको तीनै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल हुनेछ । बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुने समितिले जनाएको छ । बैठक बिहान ११ः०० बजे बोलाएको छ।