९ असार २०८३, मंगलबार

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित भएकी छन् ।

संगठनको जिल्ला अधिवेशन तथा २६ औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा केशव भण्डारी र समावेशी उपाध्यक्षमा छाया पन्थलाई चुनेको हो ।

त्यस्तै, सचिवमा विष्णु घिमिरे, सहसचिवद्वय प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्य निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । अधिवेशन उद्घाटन गर्दै अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपाल सधैभरि श्रमजीवी जनताको पक्षमा रहेको बताए । श्रमजीवीको अधिकारको लागि संगठन सधै लडिरहेन उनले स्पष्ट पारे ।