२९ जेष्ठ २०८३, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पति भएको भ्रष्टचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा त्यस विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।