२९ जेष्ठ २०८३, शुक्रबार

अस्थिरताका हिमायतीले सत्ता समीकरणविरुद्ध भ्रमका खेती गरिरहेका छन् : महासचिव पोखरेल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् । सत्ता समीकरणविरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पूरा नहुने धारणा महासचिव पोखरेलले राखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले कांग्रेस–एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन् । दुई ठूला राजनीतिक दल बीचको सत्ता समीकरणले त्यस्ता तत्त्वहरू विचलित भएको पोखरेलको ठम्याई छ ।

‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा हुने छैन, हुन दिइने छैन किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’, महासचिव पोखरेलले लेखेका छन् ।