
पोखरा, २८ माघ । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ।
पोखरा रगंशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा साविक विजेता आर्मीलाई १-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो।
आर्मी प्रतियोगिताबाट बाहिरिएसँगै प्रतियोगिताबाट बाहिरिने चौँथो टोली बनेको छ। यसअघि उपाधि विजेता आयोजक सहारा क्लब, सकंटा क्लब र एपीएफ फुटबल क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन्।
चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ। पुलिस क्लबले ब्रिगेड ब्वाइज युकेलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।









प्रतिक्रिया