
काठमाडौं, २८ माघ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँ तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।
त्यस्तै, आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा सुन तथा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।








प्रतिक्रिया