
हेटौंडा, २८ माघ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डी नजिक रातोमाटेस्थित त्रिभुवन राजपथ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएको छ ।
हेटौंडा बजारबाट भैसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको ग्यास बोकेको इन्डियन बुलेट गाडी गएराति ९ बजे दुर्घटना भएको हो ।

ग्यास बुलेट दुर्घटनाका कारण सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साईडबाट ट्रयाक खोलेर हाललाई अस्थाइ रुपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा मानवीय क्षति भने नभएको उनले बताए । उनका अनुसार ग्यास बुलेटका चालक र सहचालक दुवैजना सकुशल रहेका छन् ।









प्रतिक्रिया