२१ जेष्ठ २०८३, बिहिबार

प्रेस चौतारी नेपाल चितवनको अध्यक्षमा सुवास पण्डित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । प्रेस चौतारी नेपाल चितवन शाखाको ८औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले सुवास पण्डितको अध्यक्षतामा नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने निर्वाचित भएका छन् ।

यसैगरी, सचिवमा लक्ष्मण गौतम निर्वाचित भएका छन् भने सहसचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चुनिएका छन् । कोषाध्यक्षमा बद्री अर्याल निर्वाचित भएका छन् । सदस्यहरूमा सुनिल पौडेल, पूजा ढकाल, सगुन चपाईँ, नीराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई निर्वाचित भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा र रविना पौडेल चुनिएका छन् । प्रदेश प्रतिनिधिमा रामेश्वर रिजाल, कृष्ण आचार्य, अमिर रामदाम, र शान्ता अधिकारी निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले गरेका थिए ।