१९ असार २०८३, शुक्रबार

‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २६ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोप) लगाउँदा कुनै समस्या हुने हो कि भन्ने डर मनभित्र थियो तर खोप लगाएपछि त्यो डरपूर्ण रूपमा हट्यो ।

छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिँडिन् । माछापुच्छ्रे माविमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउनु अगाडि डराइरहेका थिए । त्यसो त विद्यालयका छात्रालाई खोप लगाउन खटिएकी स्वास्थ्यकर्मी एक माया आचार्यले छात्रालाई सम्झाइ राखेकी थिइन् खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस् यसले कुनै असर पनि गर्दैन ।  यो खोपले महिलामा हुने पाठेघरको मुखको क्यान्सर ९८ प्रतिशतले रोक्ने स्वास्थ्यकर्मी आचार्यले छात्रालाई भन्दै थिइन् । यो खोप १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई देशैभरी लगाउनेकार्य भइरहेको छ ।

माछापुच्छ्रे माविकै कक्षा ८ मा अध्ययनरत छात्रा इन्द्रा न्यौपानेलाई पनि सजिनाजस्तै खोप लगाउनु अगाडि डर थियो तर लगाएपछि डर हट्यो, खोपको अनुगमन गर्न त्यहाँ पुगेका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले छात्रालाई भन्दै थिए खोप ढुक्क भएर लगाउनु यसले कुनै असर गर्दैन, खोप गुणस्तरीय पनि छ । नेपालमा धेरै महिला पठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ, विकसित राष्ट्रमा १०औँ वर्षदेखि यो खोप नियमित लगाउने गरेका छन् नेपालमा पनि यस वर्षदेखि सुरु भएको छ ।

पोखरा–२५ हेम्जाको धौलागिरि बोडिङ कक्षा ८ मा अध्ययनरत रोशनी क्षत्री दायाँ पाखुरामा लगाएको खोपले कुनै दुखाई नभएको बताउँदै आधा घण्टा आराम गरेपछि पुन पहिलेकै अवस्थामा फुर्तिलो बनाएको बताउँछिन् । धौलागिरि वोडिङमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत एक सय ५१ जना छात्रालाई खोप लगाइएको थियो ।

धौलागिरि बोडिङकै कक्षा नौ मा अध्ययनरत छात्रा श्रेया विकलाई खोप लगाउने सूचना विद्यालयले अगिल्लो दिन नै दिएको थियो, विद्यालयबाट घरमा पुगरे खोप लगाउँदा के कसो हुने हो भन्ने डर भने पछिल्लो दिन खोप नलगाउँदासम्म उनका मनभित्र त्रास थियो, जब खोप लगाइन् सबै त्रास हटेर गयो ।

कास्कीमा यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशैभरि यो खोप सञ्चालनमा आइरहेको छ । खोपको अनुगमन गर्न पोखरा–३ स्थित बाल मन्दिर विद्यालय पुगेका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मन्त्री पाठकले विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोपको पहुँमा ल्याउने जानकारी दिए ।