१९ असार २०८३, शुक्रबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा एक हजार ९८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।