
वीरगञ्ज, २४ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नै कार्यकालमा संघीय निजामती सेवा ऐन ल्याउने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन पर्साको १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती ऐनमा दफावार छलफल भइरहेको बताएका हुन् ।
संघीय निजामती ऐनमा १५८३ वटा बुँदा संशोधनको लागि प्रस्ताव आएकोमा विभिन्न कर्मचारी संगठन एवं ट्रेड युनियन, लोकसेवा आयोगलगायत सम्बन्धित निकायसँग दफावार छलफल गर्दै अन्तिम चरण पुगेको मन्त्री गुप्ताले बताए । संघीय निजामती ऐनको बारेमा राज्य व्यवस्था समितिको पहिलो बैठक मै दफावार छलफल हुँदा ३ वटा विधेयक सर्वसहमतिले पास गराउन सफल भएको उनले बताए ।
यसैगरी, मन्त्री गुप्ताले यो सरकार मुलुकलाई संकटबाट जोगाउन समिकरण बनेकाले ०८४ मंसिरसम्म जाने बताए । जनताको मुद्दामा सरकारको ध्यान जानुपर्ने र जनताको लागि काम गरुञ्जेल सरकार नढल्ने उनको धारणा छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भने जस्तो सरकार ढल्ने कुरामा कुनै सत्यता नरहेको मन्त्री गुप्ताको भनाइ छ ।








प्रतिक्रिया