२६ जेष्ठ २०८३, मंगलबार

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । काठमाडौंको कमलपोखरीस्थित एक पसलमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहीबार बिहान शानदार मःम पसलमा ग्यास सिलिन्डर पड्किएको हो ।

घाइतेहरू सबै मःम पसलका कामदार रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।