२१ असार २०८३, आइतबार

सुनचाँदी पसल चोरी गर्ने योजना बनाएको आरोपमा ४ जना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २४ माघ । लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा चोरी गर्ने योजना बनाएको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लहान नगरपालिका वडा नं. ७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी ४५ वर्षका इन्दल भन्ने इन्द्रनारायण चौधरी लहान नगरपालिका वडा नं. २२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले लहान नगरपालिका वडा नं. ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो । यस घटनामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।