९ असार २०८३, मंगलबार

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

गत माघ १८ गतेदेखि सुरू भएको संसद्को हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो ।

बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ ।