
दाङ, २३ माघ । दाङको घोराही उपहानगरपालिका वडा नं १५ सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय भरतपुरमा अक्षयकोष स्थापना गरेका छन् ।
बमहादुर डाँगीका स्वर्गीय पिता कमानबहादुर र आमा भक्तकुमारी डाँगीको सम्झनामा ‘बम—पूर्णिमा’ अक्षयकोष स्थापना गरिएको हो । ५१ हजार रुपैयाँको अक्षयकोषबाट आउने ब्याजको ६० प्रतिशत एसईई परीक्षामा अंग्रेजी विषयमा सबैभन्दा बढी अंक ल्याउनेलाई र अंग्रेजी विषयमै दोस्रो नम्बर ल्याउनेलाई ४० प्रतिशत ब्याजको रकमबाट पुरस्कार दिनेगरी अक्षयकोष स्थापना गरिएको बमबहादुरका छोरा गोवर्द्धन डाँगीले जानकारी दिए ।
विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेललाई हस्तान्तरण गरिएको थियो । विद्यालयमा प्राप्त अक्षयकोषको रकमलाई व्यवस्थित गरी आगामी वर्षदेखि नै पुरस्कार दिन सुरु गरिने विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिए ।









प्रतिक्रिया