
सर्खेत, २३ माघ । सुर्खेतको भेरी नदीको निर्माणाधिन झोलुंगे पुलबाट खसेर दुईजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर रहेको छन् । उनीहरू पुलको कामदार हुन् ।
बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा उनीहरू खसेका हुन् । उनीहरूको खोजी भइरहेको छ ।








प्रतिक्रिया