२९ जेष्ठ २०८३, शुक्रबार

सुनको मूल्य एकैदिन तोलामा २२ सयले बढ्यो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो ।