३० जेष्ठ २०८३, शनिबार

प्रेस चौतारी नेपालको कोशी प्रदेशको सबै जिल्ला अधिवेशन सम्पन्न

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । प्रेस चौतारी नेपालले कोशी प्रदेशका सबै जिल्लाको अधिवेशन सम्पन्न गरेको छ ।

सोलुखुम्बुबाट माघ १० गते सुरु भएको जिल्ला अधिवेशन माघ २२ गते पाँचथर जिल्ला अधिवेशन सम्पन्न गरेपछि प्रदेशका १४ वटै जिल्लको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यस पटक प्रेस चौतारी नेपाल समावेशी नेतृत्व छान्न सफल भएको छ । चौतारीका कतिपय जिल्लाहरूमा महिला तथा दलित समुदायका पत्रकारहरू समेत जिल्ला अध्यक्ष बनेर नेतृत्वमा आएका छन् ।

यस्तो छ कोशी प्रदेशको नेतृत्व

सोलुखुम्बु : गार्डेन राई
ओखलढुङ्गा : प्रवीण मुनाल
खोटाङ : राजन ठटाल
उदयपुर : अन्जनी कुमार अधिकारी
मोरङ : चीना थापा
सुनसरी : विकास चाम्लिङ राई
तेह्रथुम : उमेश नेपाली
धनकुटा : नारायण राई
भोजपुर : मोहन दुराल
सङ्खुवासभा : जनक चापागाईँ
झापा : प्रदीप परियार
इलाम : मनोज अधिकारी
पाँचथर : मदन थापा
ताप्लेजुङ : वसन्त पालुङ्वा