
बागमती, २३ माघ । बागमती प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस हुँदैछ ।
बिहान ११ बजे हुने बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
यही माघ १८ गतेदेखि प्रारम्भ भएको प्रदेश सभा बैठकको पहिलो दिन नै ती विधेयक सदनमा पेस गर्ने योजना रहेकामा विपक्षी दलको सहमति नहुँदा तिनलाई प्रदेश सभा कार्यसूचीबाट हटाइएको थियो ।









प्रतिक्रिया