२६ असार २०८३, शुक्रबार

प्रेस चौतारी नेपाल काठमाडौं शाखाले मनायो २७औं स्थापना दिवस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७औं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं शाखाले स्थापना दिवस मनाएको छ ।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईको उपस्थितिमा केक काटेर स्थापना दिवस मनाइएको हो । यस अवसरमा सचिव भट्टराईले प्रेस चौतारी नेपाल पत्रकारको हकहितका लागि अग्रपंक्तिमा रहने संस्था भएको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।

यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औं महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरिसकेको छ । अहिले जिल्ला शाखाहरुको अधिवेशन भइरहेका छन् । काठमाडौं शाखाको पनि भोलि बुधबार छैटौं अधिवेशन हुँदैछ ।