१ असार २०८३, सोमबार

स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा ५ जना घाइते

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपिओ दुर्घटना भएको हो ।

वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो ।

दुर्घटनामा वालिङ नगरपालिका-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन् ।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । स्कारपिओमा सवार आठ मध्ये दुर्घटनामा तीन जना सकुसल रहेको प्रहरीले जनाएको छ ।