२४ जेष्ठ २०८३, आइतबार

तीन संसदीय समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । संघीय संसद्का तीन समितिको बैठक बस्दैछ ।

संसद् सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपरान्ह १२ः३० बजे बोलाइएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गरिनेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।