२६ जेष्ठ २०८३, मंगलबार

प्रधानमन्त्री ओली आउने भएपछि एमाले दाङले थाल्यो विशाल जनसभाको तयारी

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २१ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ आउने भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दाङ आउने भएपछि एमाले दाङले जनसभाको तयारी गरेको छ । जनसभाको तयारीका लागि विभिन्न भेला र छलफल गर्न थालिएको एमाले दाङले जनाएको छ । सोही क्रममा सोमबार एमाले दाङको जनसंगठन समन्वय संयन्त्रको बैठक बसेको छ । जसमा प्रधानमन्त्रीको उपस्थितिमा विशाल जनसभाका लागि कार्ययोजना तयार गरिएको छ । एमाले दाङका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनसंगठनको परिचालनलगायतका विषयमा छलफल गरेको थियो ।

बैठकमा एमालेका पोलिटव्यूरो सदस्य नरूलाल चौधरीले नेता जनपक्षीय र कार्यकर्तामा आधारित हुनुपर्ने भएकाले बढीभन्दा बढी नागरिकलाई सभामा उतार्नुपर्ने बताए । उनले फागुन ५ गतेको जनसभा सभा सफल बनाउने अभियानमा लाग्न जनसंगठनका प्रमुखहरूलाई निर्देशन दिए । उनले एमालेले सञ्चालन गर्न थालेको जरा अभियानमा पार्टीको नीति विचार बुझाउँदै सदस्यता वृद्धि, नवीकरण तथा मिसन ८४ को आधार तयार पार्ने कार्यमा सबै नेताकार्यकर्ता परिचालित हुनुपर्ने बताए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य जीवन गौतमले पार्टीलाई सबै जनताको माझमा पुर्‍याउन टोल तथा बस्तीबस्तीमा पुगेर प्रचारप्रसार गर्न निर्देशन दिए । उनले जरा अभियानअन्तर्गत जनसंगठनहरु पनि परिचालन हुन आवश्यक रहेको बताए । उनले आगामी फागुन ५ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको उपस्थितिमा हुने विशाल जनसभामा उल्लेखीय जनताको उपस्थिति गराउन आवश्यक कार्ययोजना बनाएर लाग्नुपर्ने बताए ।

नेपाल बुद्धिजीवी परिषदमा अध्यक्ष विकास गौतमको स्वागत मन्तव्यबाट सुरू भएको बैठकमा पार्टीका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जनसंगठनले फागुन ५ गतेको सभामा गर्नुपर्ने कामका बारेमा कार्ययोजना प्रस्तुत गर्दै सोही अनुसार काम गर्न निर्देशन दिए ।

बैठकमा एमाले प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, पार्टीका पूर्वअध्यक्ष तथा भूमि आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्यलगायतले पार्टीले सञ्चालन गर्न थालेको जरा अभियानका बारेमा जनसंगठनले खेल्ने भूमिकामा बारेमा जानकारी दिएका थिए ।

बैठकमा भूमि आयोग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, २०८१ सालभित्र जनसंगठनको अधिवेशनमार्फत चुनिएर आएका नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गोकर्ण वलि, अनेरास्ववियुका अध्यक्ष प्रदीप बस्नेत, प्रेस चौतारीका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष नरेशराज भण्डारीलाई सम्मान गरिएको थियो ।