
विराटनगर, २१ माघ । नेकपा (एमाले) सम्बद्ध लोकतान्त्रिक मगर संघ, कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन हालै सम्पन्न भएको छ ।
गाईघाटस्थित होटेल टाउन हलमा आइतबार सम्पन्न अधिवेशनले बोधबहादुर थापामगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
एमाले स्थायी कमिटी सदस्य थममाया थापाको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनबाट प्रदेश उपाध्यक्षमा कमला मगर र मौसम मगर, सचिवमा वीरेन्द्र मगर, उपसचिवमा कमलबहादुर मगर र चिडामणी पुलामी मगर चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा चन्द्रकला मगर, विष्णुकुमार पुलामी मगर, सागर थापामगर, सुखबहादुर मगर, चिनत्रबहादुर मगर, रमा मगर, शिव थापामगर रहेका छन् ।
अधिवेशनले कोशी प्रदेशका मगर समुदायको हकहित संरक्षण र सामाजिक, सांस्कृतिक विकासका लागि थप क्रियाशील भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेशनमा मगर समुदायको सशक्तिकरण र प्रगतिका लागि विशेष प्रस्तावहरूसमेत पारित गरिएका छन् ।









प्रतिक्रिया