२६ असार २०८३, शुक्रबार

प्रेस चौतारी धनकुटा र संखुवासभामा नयाँ नेतृत्व चयन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । प्रेस चौतारी नेपाल धनकुटा र संखुवासभाका अधिवेशन सम्पन्न भएका छन् । दुवै जिल्लामा आइतबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रेस चौतारी नेपाल धनकुटाको १०औँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट नारायण राईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको अधिवेशनको उद्घाटन कार्यक्रममा दुई जना पत्रकारसमेत सम्मानित भएका छन् । कार्यक्रममा पत्रकार सोभिस चेम्जोङ र बलराम दाहाललाई पुरस्कृतसहित सम्मान गरिएको हो ।

जिल्लाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष शिव आङ्ला, प्रेस चौतारी नेपालका उपाध्यक्ष सुमन पुरी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी, प्रेस चौतारी नेपाल संखुवासभाको छैटौँ जिल्ला अधिवेशनले जनक चापागाईँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

उपाध्यक्षमा दिव्याकुमारी राई, सचिवमा रमा चाम्लिङ र सहसचिवमा देशन राई निर्वाचित भएका छन् । अधिवेशनबाट कोषाध्यक्षमा कल्पना सुवेदी पौडेल निर्वाचित भएकी छिन् । अधिवेशनबाट सदस्यमा सुमिता याक्खा, प्रकाश तामाङ, स्वस्तिका राई, मर्कुस राई, कञ्चन राई, विकास बिक, मङ्गल मेवाहाङ र मोतीराम भण्डारी निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गङ्गा विष्ट, प्रेमप्रसाद निरौला र यमुना गुरागाईँलाई चुनेको छ । प्रदेश प्रतिनिधिमा दुर्गाबहादुर कटुवाल, समीक्षा मगरलगायत निर्वाचित गरेको छ ।