२० असार २०८३, शनिबार

ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २१ माघ । ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आइतबार राईलाई पक्राउ गरिएको बताए । प्रहरी निरीक्षक रवि रावल नेतृत्वको टोलीले राईको घरभित्र लुकाई राखेको भरुवा बन्दुक फेला पारेको उनले जानकारी दिए ।

राईमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको छ ।