२६ जेष्ठ २०८३, मंगलबार

प्रेस चौतारी लमजुङको अध्यक्षमा गुरुङ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २० माघ । प्रेस चौतारी नेपाल लमजुङ शाखाको अध्यक्षमा देवेन्द्र गुरुङ (सुरज) सर्वसम्मत चयन भएका छन् । आज बेँसीसहर नगरपालिका ८ मा सम्पन्न आठौं जिल्ला अधिवेशनमा गुरुङ अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्षमा निर्वाचित गुरुङ यसअघि जिल्ला उपाध्यक्ष रहेका थिए । गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । उपाध्यक्षमा मनोजकुमार विश्वकर्मा, महिला उपाध्यक्षमा श्रीकला भण्डारी, सचिवमा खुसीमाया गुरुङ, सहसचिवमा सिताराम बसेल, शिला विश्वकर्मा, कोषाध्यक्षमा एलिसा श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सुमित्रा भुजेल, सविना प्रजा, प्रमोद अधिकारी, सुधा परियार, लक्ष्मी घले र सेजल पन्त चयन भएका छन् । दुई सदस्य पछि थप गर्ने बताइएको छ ।

अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघमा केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित हुनेहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा केन्द्रीय सदस्यमा निर्वाचित हुने कृष्ण केसी, प्रदेश सदस्यमा निर्वाचित जनक श्रेष्ठ, जिल्ला शाखातर्फ उपाध्यक्षमा निर्वाचित बेलिना थापा, सचिव कृष्ण आले, सहसचिव सिताराम बसेल, श्रीकला भण्डारी, सदस्य शिला विक, सविना प्रजा र सुनिता भुजेललाई सम्मान गरिएको छ ।

प्रेस चौतारीका तर्फबाट निर्वाचितहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमाणपत्र तथा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घलेले खाँदा ओढाएर सम्मान गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गुरुङ, एमाले केन्द्रीय सदस्य एवं लमजुङ इञ्चार्ज जमीन्द्रमान घले, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विक्रम न्यौपाने, नवीनराज कुईकेल, बेलिना थापा, निर्वाचन आयोग सदस्य जनक श्रेष्ठ, प्रेस चौतारी गण्डकी प्रदेशको महासचिव आश गुरुङलगायतको उपस्थिति रहेको थियो ।