२८ जेष्ठ २०८३, बिहिबार

वडाध्यक्ष मियाँको हृदयघातबाट निधन

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १९ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।

आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण उनको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरिले बताए ।

राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उहाँलाई मृत घोषित गरेका सदस्य गिरिले बताए ।

सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।