१० असार २०८३, बुधबार

पाकिस्तानमा भएको आक्रमणमा १८ अर्धसैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, १९ माघ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् । एएफपी