
चितवन, १९ माघ । नेकपा (एकीकृत समाजवादी) चितवनका नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने नेताकार्यकर्तालाई स्वागत गरेका हुन् । न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य हुन् ।
एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर रानामगर, विष्णु लामिछाने, बलराम पीडित, सुदन दराईलगायत विभिन्न तहमा रहेका नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।








प्रतिक्रिया