२२ असार २०८३, सोमबार

धरानमा पानीको समस्या समाधान तमोर नदीले गर्छ : पूर्वराष्ट्रपति भण्डारी

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १९ माघ । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्ने पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छन् ।

धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन् । पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरी तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उनको भनाई थियो ।

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताइन् ।

प्रदेश सरकारले धरान-मुलघाट सुरूङमार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

धरानमा खानेपानीको कमी हुँदै आएको छ । पानीको बहस भइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीले यस्तो उपाय दिएकी हुन् । भण्डारी केही दिनदेखि पूर्वका विभिन्न कार्यक्रममा सहभागी जनाउँदै आइरहेकी छन् ।

कार्यक्रममा सहभागितासँगै उनले एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिँडिरहेकी छन् । साथै, पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेकी छन् ।