
काठमाडौं, १९ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ओखलढुंगामा नयाँ नेतृत्व चयन भएको छ । संगठनको ११औँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनबाट अर्जुन गिरीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा सविन कार्की र लक्ष्मी दाहाल निर्वाचित भएका छन् ।
त्यस्तै, सचिवमा सुशील घिमिरे र सहसचिव अनुशा खतिवडा र चोलेन्द्र भुजेल निर्वाचित भएका छन् कोषाध्यक्षमा पुरुषोत्तम दाहाल चुनिएका छन् ।









प्रतिक्रिया