१३ असार २०८३, शनिबार

आजको मौसम : तराईमा हुस्सु र कुहिरो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।